१३ बैशाख २०८१, बिहिबार

चिकित्सा शिक्षा अन्तरगत एमडी एमएसको नतिजा प्रकाशित

प्रकाशित मिति :  7 January, 2021 12:48 pm


काठमाडौँ २३ पुस । चिकित्सा शिक्षा आयोगले पिजीको प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ। आयोगले गत १८ गते लिएको एमडी तथा एमएसको नतिजा प्रकाशित गरेको हो।

आयोगका अनुसार ५ हजार २२९ जना परीक्षार्थी सहभागी थिए । जसमध्ये अनुभवसहितको खुलामा २ हजार ४७० जना, विना अनुभव खुला तर्फ १५७ जना, सरकारी तर्फ २०२ जना र विदेशी परीक्षार्थीतर्फ ४६ जना उत्तीर्ण भएका छन्। सहभागी परीक्षार्थी उत्तीर्ण हुने परीक्षार्थी ५४।९८ प्रतिशत रहेका छन् ।

परीक्षामा ५ हजार ५६८ जनाले परीक्षा फारम भरेकोमा ३३९ जना परीक्षार्थी परीक्षामा सहभागी भएका थिएनन्। परीक्षामा सहभागीमध्ये २ हजार ८७५ जना उत्तीर्ण भएका छन् भने २ हजार ३५७ अनुत्तीर्ण भएका छन्।



प्रतिक्रिया दिनुहोस !