१६ बैशाख २०८१, आइतबार

चलचित्र विकास बोर्डले दाङमा हुने ‘बुद्ध–सरयू’ राष्ट्रिय चलचित्र महोत्सवको  प्रवर्द्धन गर्ने

प्रकाशित मिति :  13 December, 2019 6:26 pm


दाङ, २७ मंसिर । चलचित्र विकास बोर्डले दाङमा हुने ‘बुद्ध–सरयू’ राष्ट्रिय चलचित्र महोत्सवको  प्रवर्द्धन गर्ने भएको छ । महोत्सव आयोजक पहल नेपालसंगको छलफलमा बोर्डका अध्यक्ष केशव भट्टराइले महोत्सवको प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाउनुभएको हो ।

दाङमा हुने राष्ट्रिय चलचित्र महोत्सवले देशकै चलचित्र क्षेत्रको विकासमा योगदान पुर्याउने भएकाले बोर्ड प्रबर्धक हुन तयार भएको भट्टराइको भनाई  छ ।  पुस ११, १२ र १३ गते दाङमा चलचित्र महोत्सव हुँदैछ । महोत्सवमा चलचित्र विकास बोर्डका अध्यक्ष भट्टराइ पनि आउने महोत्सव आयोजक समितिका संयोजक केएल पीडितले जानकारी दिनुभयो ।

महोत्सवमा चलचित्र क्षेत्रका अन्य व्यक्तित्वहरु, चलचित्रकर्मी, लेखक र समीक्षकहरु पनि दाङ आउने कार्यक्रम छ । चलचित्रको अवस्थासम्बन्धी कार्यशाला पनि हुनेछ । महोत्सवमा कला क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई राष्ट्रिय साधना सम्मान पनि प्रदान गर्ने कार्यक्रम छ । सरयू दाङको एक प्रमुख नदी बबईको पुरानो नाम हो । बबई र प्रदेश ५ मा पर्ने प्रमुख धार्मिक पर्यटकीय गन्तव्य बुद्ध जन्मस्थल लुम्बिनीलाई जोडेर कार्यक्रमको नाम ‘बुद्ध–सरयू राष्ट्रिय चलचित्र महोत्सव’ राखिएको संयोजक पीडितले जानकारी दिनुभयो ।

 



प्रतिक्रिया दिनुहोस !