१४ बैशाख २०८१, शुक्रबार

रोल्पामा हरिण भनेर हानिएको गोली लागेर एक महिला गम्भीर घाईते, एक पक्राउ

प्रकाशित मिति :  19 January, 2021 2:28 pm


रोल्पा । रोल्पामा हरिण भनेर हानिएको गोली लागेर एक महिला गम्भीर घाईते भएकी छिन् ।

रोल्पा नगरपालिका वडा नम्बर ९ फाल्जाकी ४५ वर्षीया बरु पुन घाइते भएको जिल्ला प्रहरी प्रमुख नरेशराज सुवेदीले जानकारी दिए । हिजो बेलुकी वनबाट घाँसको भारी बोकेर घर फर्किंदै गरेकी पुनमाथी स्थानीय हस्तबहादुर पुनले गोली हानेका थिए ।

बनबाट घाँसको भारीसहित घर फर्किदै गरेकी पुनलाई हरिण ठानेर आफूले बन्दुक हानेको पुनले बताएका सुवेदीले जानकारी दिए । उनको टाउकोमा गोली लागेको छ । गम्भीर घाईते पुनलाई जिल्ला अस्पताल रेउघामा सामान्य उपचार पछि थप उपचारका लागी भैरहवा मेडिकल कलेजमा रेफर गरिएको प्रमुख सुवेदीले जानकारी दिए ।

गोली हान्ने पुनलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका पुनले आफनो बारीमा हरिणले गहुँबाली खाएर सताएकोले हरिण मार्न भन्दै पासो थापेको र बेलुकी पख हरिण आएको सम्झेर बन्दुकको गोली चलाएको प्रहरीलाई बयान दिएका प्रमुख सुवेदीले बताए ।



प्रतिक्रिया दिनुहोस !