१३ बैशाख २०८१, बिहिबार

मालपोत कार्यालय ललितपुरका दुई कर्मचारी घुस लिएको आरोपमा पक्राउ

प्रकाशित मिति :  20 January, 2021 11:17 am


काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरका दुई जना कर्मचारीलाई घुस लिएको आरोपमा पक्राउ परेको   छ ।

नायब सुब्बा मन्दिप कुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई अख्तियारले हिजो बेलुकी पक्राउ गरेको हो । सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्सा अनुसार क्षेत्रफल बढी भएको मिलाउन अतिरिक्त रकम लिएको अख्तियारको दाबी छ ।

आयोगको केन्द्रीय कार्यालय टंगालबाट खटिएको टोलीले दुबै जनालाई ४० हजार रुपैयाँसहित पक्राउ गरेको सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले जानकारी दिए । उनीहरु ललितपुर महानगरपालिका वडा नं. १२, लगनखेल स्थित बसपार्क नजिकबाट पक्राउ परेका थिए ।



प्रतिक्रिया दिनुहोस !