८ बैशाख २०८१, शनिबार

दाङमा सशस्त्र प्रहरी जवान मृत भेटिए

प्रकाशित मिति :  20 January, 2021 11:48 am


दाङ । दाङमा सशस्त्र प्रहरी जवान मृत अवस्थामा फेला परेका छन् ।

लमही नगरपालिका वडा नम्बर ५ अजम्मरी सामुदायिक वन भित्र नुवाकोटका अन्दाजी २९ वर्षीय रमेश लामा तामाङ झुन्डिएको अवस्थामा भेटिएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रहरी निरीक्षक राजन पौडेलले जानकारी दिए ।

बाराबाट सरूवा भइ तामाङ सशस्त्र प्रहरी बल नम्बर ४१ अर्जुनखोलामा हाजिर हुन आएको खुलेको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए ।

उनी लमहीको एभरेस्ट प्लाजा होटलमा बाँस बसेको र आज बिहान साढे ८ बजेतिर होटलका साहुलाई एकछिन बाहिर जान्छु भनी होटलबाट निस्किएका थिए । तर पछि झुण्डिएको अवस्थामा भेटिएको निरीक्षक पौडेलको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !