११ बैशाख २०८१, मंगलबार

लुम्बिनी प्रदेश स्तरीय हरित पार्कका लागि भालुवाङको पाखापानी उत्तर क्षेत्र प्रस्ताव

प्रकाशित मिति :  20 January, 2021 5:31 pm


दाङ । लुम्बिनी प्रदेश स्तरीय हरित पार्कका लागि भालुवाङको पाखापानी उत्तर क्षेत्र प्रस्ताव गरिएको छ ।

राजधानीको केन्द्र रहेको भालुवाङ आसपासमा निर्माण हुने गरि हरित पार्कको प्रस्ताव गरिएको हो । नेपाल सरकार वन तथा वातावरण मन्त्रालय वातावरण विभागको सहयोगमा निर्माण हुने प्रस्तावित पार्कका लागि पाखापानीको उत्तर तर्फको क्षेत्रको अवलोकन गरिएको छ ।

वातावरण मैत्री शहरी बृक्षरोपण अभियान अन्तर्गत एक प्रदेशमा एक स्थानीय तहसंगको लागत साझेदारीमा निर्माण हुने हरित उद्यानका लागि पाखापानीको उत्तर तर्फको क्षेत्र छनौट गरिएको हो ।

वन तथा वातावरण मन्त्रालय बातावरण विभागवाट प्रस्तावना, जीपीएस् लोकेशन सहित अढाई विघाँ जग्गा माग भएकोमा स्थानीय स्तरमा सञ्चालनमा रहेको पार्क क्षेत्रको प्रवद्धन गर्दै लैजानेगरि सर्भे गरिएको छ ।

धार्मिक, पर्यटकीय स्थलको रुपमा विकास गरिने प्रस्तावित हरित पार्कको जीपीएस लोकेन लिने काम सकिएको छ । वन क्षेत्र, खाली चौर तथा सिमसार क्षेत्र समेत रहेको सो क्षेत्रको राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, प्रमुख प्रशासकीय अधिकृत शोभाराम रिजालले अवलोकन गरेका छन् ।

देउखुरी उपत्यकाको अधिकांश क्षेत्र देखिने सो क्षेत्र लुम्बिनी प्रदेशको राजधानीको आकर्षक क्षेत्रको रुपमा विकास गर्न सकिने सम्भावना रहेको अध्यक्ष सुवेदीले बताए ।

प्रस्तावित उद्यानमा हुने मुख्य मुख्य भौतिक निमार्णका क्रियाकलापहरुका लागि साझेदारीमा काम गर्ने गरि प्रस्ताव गरिएको र पार्कका लागि प्रस्तावना स्वीकृत भएमा १ करोड रुपैयाँ वन तथा वातावरण मन्त्रालय वातावरण विभागबाट लगानी गरिने र राप्ती गाउँपालिकाबाट करिब ४८ लाख रुपैयाँ लगानी गरिने प्रमुख प्रशासकीय अधिकृत रिजालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !