१५ चैत्र २०८०, बिहिबार

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

प्रकाशित मिति :  20 January, 2021 6:01 pm


काठमाडौं ।

आफुलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष बताउदै अमेरिका पठाइदिने प्रलोभनमा पारी १५ लाख ठगी गर्ने एक व्याक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पिडितको उजुरीका आधारमा काठमाडौं महानगरपालिका-७ मित्रपार्क चावहिल बस्ने संखुवासभा पाँचखपन गाउँपालिका-५ खमारे घर भएका ६० वर्षीय तुलसी थापालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो।

थापाले आफू अमेरिकामा हुने कार्यक्रममा जाँदा ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भन्दै पीडितबाट उक्त रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेका प्रहरीले जनाएको छ ।

दरबारमार्गबाट पक्राउ परेका थापालाई ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महानगरीय अपराध महाशाखा मिनभवनले जानकारी दिएको छ ।



प्रतिक्रिया दिनुहोस !