१५ चैत्र २०८०, बिहिबार

पूर्वसभामुख महरा पत्नी सीताको नाममा फाउन्डेसन स्थापना

प्रकाशित मिति :  20 January, 2021 8:24 pm


दाङ । पूर्वभासमुख कृष्णबहादुर महराले र उनको परिवारले ‘सीता महरा मेमोरियल फाउन्डेसन’ स्थापना गरेको छ ।

पूर्वसभामुख महरा पत्नी महराको स्मृतिमा उनको परिवारले फाउण्डेसन स्थापन गरेको हो । पाउण्डेसनको संरक्षणमा सभामुख महरा छन् भने अध्यक्षमा तेजकुमारी महरा केसी, उपाध्यक्षमा उपाध्यक्ष निर्मल महरा ‘एटम’, महासचिवमा केशरमान बुढाथोकी, कोषाध्यक्षमा रेशम महरा, सदस्यमा कुश्मा महरा, ओविलाल महरा र प्रमोद शर्मा रहेका छन् ।

फाउण्डेसनको पहिलो बैठकले संरक्षकमा पूर्वसभामुख महरा र कानुनी सल्लाहकारमा अधिवक्ता प्रेमबहादुर वली, सल्लाहकारमा जुना महरा र लालबहादुर महरालाई चयन गरेको छ । फाउण्डेसनले दिवंगत सीता महराको निधन भएको ६ महिनामा दाङ, रोल्पा लगायतका विभिन्न स्थानमा स्मृति सभा गर्ने निर्णय गरेको छ ।

त्यसैगरी दिवंगत महराको सम्झनामा स्मृति ग्रन्थ प्रकाशन गर्ने निर्णय समेत फाउन्डेसनले गरेको जनाएको छ । फाउण्डेसनको दाङ घोराही– १७ मा केन्द्रीय कार्यालय रहेन छ भने रोल्पा तथा आवश्यकता अनुसार देशभरी शाखा विस्तार गरी सामाजिक कार्य गर्नेछ ।

पूर्वसभामुख महराकी पत्नी सीताको उपचारकै क्रममा कात्तिक १९ गते काठमाडौंको नर्भिक अस्पताल काठमाडौंमा निधन भएको थियो । दशैंमा पुर्ख्यौली  घर मेबाङ गएको बेला स्वास्थ्यमा सामान्य समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कात्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई सीतालाई नर्भिक हस्पिटलमा भर्ना गरिएको थियो। नर्भिक हस्पिटलमा पीसीआर टेष्ट गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

१५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममै कात्तिक १९ गते बिहान उनको निधन भएको थियो । सीताकै सम्झनामा महरा परिवारले फाउन्डेसन स्थापना गरेको हो ।



प्रतिक्रिया दिनुहोस !