१४ बैशाख २०८१, शुक्रबार

विश्व रेकर्ड कायम गरेका नेपालका १० जना आरोहीलाई पाकिस्तानमा भव्य स्वागत

प्रकाशित मिति :  20 January, 2021 8:47 pm


  फोटो: निर्मल पुर्जामगर

काठमाडौं । विश्वको दोस्रो अग्लो हिमाल माउन्ट केटू आरोहण गरेर विश्व रेकर्ड कायम गरेका नेपालका १० जना आरोहीलाई पाकिस्तानमा भव्य स्वागत गरिएको छ ।

गत शनिबार शिशिर ऋतुमा पहिलो पल्ट सफल आरोहण गरेर विश्व रेकर्ड कायम गरेको नेपाली ओहरण दललाई पाकिस्तान सेना प्रमुखसहितको टोलीले भब्य स्वागत गरेको नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङले जानकारी गराएका छन् ।

गुरुङले आफ्नो फेसबुकमा लेखे अनुसार ‘नेपाल पर्वतारोहण संघको अनुरोधमा पाकिस्तान सरकार, आर्मी र अल्पाइन क्लब अफ पाकिस्तानको सहयोगमा केटू बेसक्याम्पबाट हेलिकप्टरद्वरा स्कार्दु भन्ने गाउँमा अवतरण गराई आज आर्मी चिफ तथा अन्य सरोकारवालाहरुले भव्य स्वागत तथा बधाई कार्यक्रमको आयोजना गरिएको छ ।’ आरोहण दलको टोली भोली ईस्लामाबाद पुग्ने छ ।

फोटो सौजन्य:- मिङमा ग्याबु शेर्पा र कररार हाइड्री/कुलबहादुर गुरुङको फेसबुकबाट

८ हजार मिटर अग्ला संसारका १४ हिमालमध्ये १३ वटाको शिशिर ऋतुमा आरोहण भइसकेको थियो । तर संसारको दोस्रो अग्लो चुचुरो पाकिस्तानको माउन्ट केटूमा आरोहीहरू विभिन्न प्रयासका बाबजुद यो सिजनमा आरोहण गर्न सकेका थिएनन् ।

८,६११ मिटर अग्लो यो हिमालको गत शनिबार पहिलो पटक दश जना नेपाली आरोहीले सफलतापूर्वक आरोण गरेर विश्व किर्तिमान कायम गरेका छन् ।

सेभेन समिट ट्रेक्स प्रा.लि., इम्याजिन नेपाल र कीर्तिमानी आरोही निर्मल पुर्जामगरको नेतृत्वमा रहेको तीन वटा छुट्टा छुट्टै समूहले संयुक्त टोली बनाई आरोहण गरेका हुन् । आरोहणका लागि पाकिस्तान पुगेको एक महिना भन्दा कम समयमै ५६ जना आरोहीमध्ये दश जनाले शनिबार बेलुकी ४ बजेर ५८ मिनेटमा केटुको शिखरमा पुग्न सफल भएका थिए ।

चुचुरोमा पुग्नुभन्दा दश मिटर तल एकसाथ जम्मा भएका आरोहीहरूले नेपाली राष्ट्रिय गीत बजाउदै शिखरमा पुगेका थिए । शिखरमा पुगेर सामूहिक रुपमा आरोहण गरेको सन्देश दिएका थिए ।

शिखरमा पुगेका उनीहरुले राष्ट्रिय झण्डा फहराएका थिए ।

सम्बन्धित समाचार

पाकिस्तानको माउण्ट केटूमा नेपाली आरोहीले विश्व रेकर्ड कायम गर्दाको क्षण (फोटो फिचर)

 



प्रतिक्रिया दिनुहोस !