१३ बैशाख २०८१, बिहिबार

लेखक सुदन कुमार ओलीको पहिलो पुस्तक ‘आधाबाटो’ सार्वजनिक

प्रकाशित मिति :  23 January, 2021 10:28 am


काठमाडौं । रोल्पाका लेखक सुदन कुमार ओलीको पहिलो पुस्तक ‘आधाबाटो’ सार्वजनिक भएको छ ।

सामाजिक र आर्थिक विषयमा कलम चलाउँदै आएका लेखकको यो अनुभूतिसङ्ग्रह पहिलो पुस्तक हो । अक्सिजन मिडिया प्रालिबाट प्रकाशित पुस्तकमा बाल्यकाल देखिका महत्वपूर्ण स्मृतिहरुमध्ये १९ ओटा स्मृतिहरु सङ्ग्रहित छन् ।

विश्व महामारीको रुपमा फैलिएको कोराना भाइरसको बन्दाबन्दीको समयमा लेखिएको यस किताबबाट पाठकहरुले भिन्नै स्वाद प्राप्त गर्ने लेखकको दाबी छ । किताबमा ग्रामिण जीवनस्तरको यथार्थपरक चित्रण गरिएको छ । बाल्य अवस्था देखि विद्यावारिधि अध्ययन समयसम्मको विभिन्न संघर्ष तथा अनुभवका विन्दुहरुको व्याख्या गरिएको छ ।

किताबका अधिकांश पात्र तथा स्थानहरुको अतिसंवेदनशील बाहेकका सबैको वास्ताविक वर्णन गरिएको लेखक ओलीले बताए ।

काठ्माण्डौँ तिलगंगास्थित आनन्द पशुपति होटेलमा विमोचन भएको किताब जम्मा १७१ पानाको छ र मूल्य २५० रुपैयाँ राखिएको छ । यो किताबबाट उठेको रुकम सबै विजनेश तथा सामाजिक आर्थिक अध्ययनमा लगाउने लेखक ओलीले बताए । किताब ललितपुर झम्सि खेलस्थित बुक ल्याण्ड तथा विभिन्न अनलाइन माध्यमबाट प्राप्त गर्न सकिने छ ।

किताब बिमोचन कार्यक्रममा महेश पौड्याल र डिल्लीराम शर्माले टिप्पणी गरेका थिए भने उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो । साथै सो कार्यक्रममा पूर्वमन्त्री अमरसिह पुन, मनोजमणी आचार्य तथा व्यवसायि बलराम खतिवडाले लेखकलाई आगामी दिनको हार्दिक शुभकामना दिएका थिए ।



प्रतिक्रिया दिनुहोस !