१६ चैत्र २०८०, शुक्रबार

विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई

प्रकाशित मिति :  24 January, 2021 3:40 pm


काठमाडौं ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राई र मोडल जाङ्मु शेर्पासँग विवाहबन्धनमा बाँधिएका छन्। ४९ वर्षीय राई र २३ शेर्पाबीच आइतबार विवाह भएको हो।

काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित पार्टीका नेता र आफन्तबिच राईले २३ वर्षीय मोडल जाङ्मु शेर्पासँग विवाह गरेका हुन्।

केही समयदेखि प्रेम सम्वन्धमा रहेको यो जोडीले किराँती समुदायको मौलिक तथा परम्परागत भेषभुषामा सजिएर परम्परागत विधिबाट विवाह गरेका हुन् । विवाहको रिसेप्सन आजै हुने कार्यक्रम रहेको जनाइएको छ।

भोजपुरको आमचोक गाउँपालिकामा जन्मिएका राई ४४ सालदेखि संगठित रुपमा अनेरास्ववियुको राजनीतिमा सक्रिय भइ अखिलको जिल्ला अध्यक्ष, केन्द्रीय सदस्य हुँदै पूर्वाञ्चलको संयोजक बनेका हुन् । २०५६ सालको संसदीय निर्वाचनमा कान्छो उम्मेदवारको रुपमा सांसद बनेका राई दोस्रो संविधानसभा विजयी पछि पहिलो पटक सूचना तथा सञ्चार मन्त्री भएका थिए । राई २०७४ को चुनावपछि प्रदेश १ को पहिलो मुख्यमन्त्री बनेका हुन्।

१३ वर्षको उमेरमा ‘मिस किड क्विन नेपाल’ मा भाग लिएकी जाङ्मु शेर्पाले मिस ई कलेज, मिस एसएलसी हुँदै ‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै हुन । ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा अभिनय समेत गरेकी छन्।

 

 

 



प्रतिक्रिया दिनुहोस !