११ बैशाख २०८१, मंगलबार

कपिलवस्तु नगरपालिकाको तिलौराकोट माविका ७ सय बालबालिकालाई मास्क वितरण

प्रकाशित मिति :  24 January, 2021 4:59 pm


कपिलवस्तु । कपिलवस्तुको कपिलवस्तु नगरपालिका वडा नं. ६ मा रहेको श्री तिलौराकोट माध्यमिक विद्यालयमा ७ सय बालबालिकाहरुलाई मास्क वितरण गरिएको छ ।

लुम्बिनी बिकास कोषका कार्यकारिणी सदस्य राजेश ज्ञवालीको पहलमा मास्क वितरण गरिएको हो ।

नेपाली कांग्रेसका नेता समेत रहेका राजेश ज्ञवालीको संयोजनमा कोभिड नियन्त्रण अभियान अर्न्तगत आज तेस्रो दिन तिलौराकोट माध्यमिक विद्यालयमा मास्क वितरण गरिएको हो ।

स्वास्थ्य नै सबै ठूलो धन हो भन्ने मूल नाराका साथ ज्ञवालीले विद्यालयहरु मास्क वितरण अभियान चलाइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस !