४ बैशाख २०८१, मंगलबार

जानकी मन्दिरको जग्गा अतिक्रमण रोक्न विवेकशील साझा पार्टीको आग्रह

प्रकाशित मिति :  25 January, 2021 10:13 am


काठमाडौं । विवेकशील साझा पार्टीले जनकपुरधाम उपमहानगरपालिकाले पौराणिक धार्मिक महत्वलाई वास्ता नगरी मन्दिरको जग्गा अतिक्रमण गरेको भन्दै विरोध गरेको   छ ।

विवेकशील साझा पार्टीका सचिवालय सदस्य अनिमेश कुमार मिश्रले पौराणिक तथा धार्मिक सम्पदा जानकी मन्दिर बचाउन आग्रह गर्दै सम्बन्धित निकाय तथा सरोकारवालाबाट अविलम्ब पहल थाल्न आग्रह गरेका छन् ।

उनले सार्वजनिक अपिल गर्दै अतिक्रमणकारीहरुलाई कारबाही गर्न र जानकी जानकी-फूलबारी अतिक्रमण मुक्त गर्न माग गरेका छन् । उनले फूलबारी नापजाँच प्रतिवेदन-२०७६ कार्यान्वयन गर्न समेत माग गरेका छन् ।

मिश्रका अनुसार फूलबारी जग्गा अतिक्रमणबारे नागरिक समाजको अगुवाईमा गुठी संस्थान र जिल्ला प्रशासन कार्यालयद्वारा कार्यदल गठन गरी नापी कार्यालयद्वारा तीन पटक नापी समेत भईसकेको छ।

उक्त कार्य समीतिले मन्दिरको नापी सिट १३५५-२४ को कित्ता नम्बर ८ को साविक क्षेत्रफल ३ कठ्ठा १० धुर भएको प्रष्ट गरेको छ। सडक विस्तारको नाउँमा बगैँचाको बीचमा ०.७० मिटर चौडाई, पूर्वी दक्षिण कुनामा ३ मिटर तथा पूर्वी उत्तरको कुनामा ४.८८ मिटर जग्गा अतिक्रमण गरिएको प्रतिवेदनमा उल्लेख गरिएको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !