७ बैशाख २०८१, शुक्रबार

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजा

प्रकाशित मिति :  25 January, 2021 4:27 pm


काठमाडौं।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पशुपतिनाथ मन्दिरमा विश्व शान्ति तथा राष्ट्र कल्याणको संकल्पसहित विशेष पूजा गरेका छन् ।

धर्मपत्नी राधिका शाक्यसहित बिहान करिब आठ बजे पशुपतिनाथ मन्दिर पुगेका प्रधानमन्त्री ओलीले पशुपति परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेका ओलीले सवा लाख दीप प्रज्वलन पनि गरेका छन् ।

परिक्रमा विधिअनुसार मन्दिर घुमेर विशेष पूजा गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदीप ढकालले जानकारी दिए । सो अवसरमा उनले पशुपति क्षेत्रका गतिविधिका बारेमा पनि जानकारी लिएका थिए ।

पशुपति क्षेत्रलाई विश्वको वैदिक सनातन धर्मावलम्बीको पवित्र स्थलका रूपमा विकास गर्न उनले कोषका पदाधिकारीलाई निर्देशन दिएका छन् । सो अवसरमा संस्कृतिमन्त्री भानुभक्त ढकाल, प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजाल पनि सहभागी भएका थिए ।

विशेष पूजापछि पशुपतिका मूल भट्ट रावल गणेश भट्टले प्रधानमन्त्रीलाई प्रसाद लगाइदिएका थिए । मूलसहित चारैजना भट्ट विशेष पूजामा सहभागी भएको पनि कोषले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !