७ बैशाख २०८१, शुक्रबार

नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि

प्रकाशित मिति :  25 January, 2021 5:15 pm


काठमाडौं १२ माघ । नेपालमा थप ३३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ। पछिल्लो २४ घण्टामा देशभर ३३९ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

आज प्रदेश १ को झापामा ३ र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको छ ।

यस्तै प्रदेश २ को पर्सामा ३, बारामा ३, महोत्तरीमा १ जना, सप्तरीमा २ र सर्लाहीमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बागमती प्रदेशको काठमाडौंमा १३३ जनामा कोरोना पुष्टि भएको छ। काभ्रेमा २, चितवनमा ३४, दोलखामा १ जना, धादिङमा २, नुवाकोटमा ३, भक्तपुरमा ८, मकवानपुरमा एकजना र ललितपुरमा १३ जनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।

यस्तै गण्डकी प्रदेशको कास्कीमा २३, तनहुँमा ३, नवलपरासीमा पूर्वमा ७, पर्वतमा २, मुस्ताङमा एक, म्याग्दीमा ३, लमजुङमा एकजना, र बाग्लुङमा ५ कोरोना पुष्टि भएको छ।

लुम्बिनी प्रदेशको अर्घाखाँचीमा ३, कपिलवस्तुमा ३, गुल्मीमा २, दाङमा १२, पाल्पामा २, बर्दियामा २, बाँकेमा ३४, रुपन्देहीमा १५ र रोल्पामा एकजनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा कर्णाली प्रदेशको कुनै पनि जिल्लामा संक्रमण पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा २, कैलालीमा २, डडेल्धुरामा २, बाजुरामा एक र बैतडीमा एकजनामा कोरोना भेटिएको मन्त्रालयले जनाएको छ।



प्रतिक्रिया दिनुहोस !