५ जेष्ठ २०८१, शनिबार

दाङको बारमा बिद्रोही प्यानल विजयी

प्रकाशित मिति :  15 December, 2019 10:36 am


दाङ, २९ मंसिर ।नेपाल बार एसोसिएशन दाङको निर्वाचनमा नेकपा र कांग्रेसको संयुक्त प्यानलको उम्मेदवारलाई हराउँदै स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् ।

अध्यक्षमा विजयी शिवप्रसाद घिमिरेले ६२ र उहाँका निकटतम प्रतिस्पर्धी ऋषिराज न्यौपानेले ५८ मत पाउनुभएको छ। त्यस्तै उपाध्यक्षमा विजयी मणिराज आचार्यले ६० र उहाँका निकटतम प्रतिस्पर्धी ठाकुरप्रसाद ओलीले ५९ मत पाउनुभएको छ । अध्यक्षमा निर्वाचित घिमिरे कांग्रेसका विद्रोही र उपाध्यक्षमा विजयी आचार्य नेकपाका विद्रोही उम्मेदवार हुन् ।

दाङ बारको चुनावमा नेकपा र कांग्रेस निकट कानुन व्यवसायीले संयुक्त रुपमा ऋषिराज न्यौपानेलाई अध्यक्ष र ठाकुरप्रसाद ओलीलाई उपाध्यक्षको उम्मेदवार बनाएका थिए । त्यसविरुद्ध विद्रोही उम्मेदवारहरुको छुट्टै प्यानल खडा गरिएको थियो । विद्रोही प्यानलबाट अध्यक्ष, उपाध्यक्ष र तीन सदस्य निर्वाचित भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !