२३ बैशाख २०८१, आइतबार

देशभर काेराेनाविरुद्धकाे खाेप अभियान शुरु

प्रकाशित मिति :  27 January, 2021 11:26 am


काठमाडाैं, १४ माघ । 

नेपालमा आजदेखि काेराेनाविरुद्धकाे खाेप अभियान शुरु भएकाे छ । पहिलाे चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वास्थ्य सेवामा खटिएका सरसफाइकर्मीलाइ खाेप लगाउन शुरु गरिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा भर्चुअल कार्यक्रमबाट खाेप अभियान शुरु गरेका हुन । कार्यक्रमकाे शुभारम्भमा स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदेश त्रिपाटीले राष्ट्रपति विद्यादेवी भण्डारीकाे सन्देश बाचन गरेका थिए ।

काठमाडाैैकाे शुक्रराज ट्रपिकल तथा सरुवा राेग अस्पताल, वीर अस्पताल , पाटन अस्पताल, अायुर्वेद अस्पताल कीर्तिपुर, पराेपकार प्रसुति तथा स्त्री राेग अस्पताल थापाथली, भक्तपुर अस्पताल, त्रिवी अस्पताल महाराजगंज, शहिद धर्मभक्त प्रत्याराेपण केन्द्र भक्तपुर, शहिद गगांलाल अस्पाताल बाँसबारी, सशस्त्र प्रहरी अस्पताल बलम्बुका स्वास्थ्यकर्मीले काेराेनाविरुद्धकाे खाेप लगाएका छन् ।

कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री ह्रदेश त्रिपाटीले बृधबार मात्रै १२ हजार व्यक्तिले खाेप लगाउने जानकारी दिएका छन् । पहिलाे चरणकाे याे अभियान १० दिनभित्र हुने उनले बताए ।

भारत सरकारले अनुदानमा दिएकाे १० लाख डाेज खाेप भारतमा ७० प्रतिशत प्रभावकारी देखिएकाे छ ।

 



प्रतिक्रिया दिनुहोस !