५ जेष्ठ २०८१, शनिबार

साताको कारोबारको पहिलो दिन सेयरबजारमा भारी गिरावट

प्रकाशित मिति :  31 January, 2021 4:41 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से साताको कारोबारको पहिलो दिन सेयर बजारमा भारी गिरावट आएको छ ।  आइतबार बजार खुलेसँगै घटेको नेप्से कारोबार बन्द हुनेबेलामा ५४.७५ अंकले घटेर २३७०.७५ अंकमा झरेको छ भने सेन्सेटिभ परिसूचक पनि ९.७३ प्रतिशतले घटेर ४३२.अंकमा पुगेको छ ।

स्टकका अनुसार आज कारोबार भएका कूल १२ उपसमूहमध्ये १२ वटै उपसमूहहरुको सेयर घटेको छ ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ३९ करोड ८९ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कुल २ सय ४ वटा कम्पनीको १ करोड ५१ लाख १० हजार ४०८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब २६ करोड ५९ लाख ६४ हजार ६६४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !