८ बैशाख २०८१, शनिबार

‘भ्यालेन्टाइन डे’लाई यो वर्ष विवाहोत्सवको रूपमा मनाउँदै चीन

प्रकाशित मिति :  12 February, 2021 5:19 pm


读书的时候就在一起的严女士和谢先生,经过11年的长袍拍拖后,终于在今天进行登记。“虽然很多年前就想结婚了,但是当时还不够年龄,而今年觉得时机成熟了,就结了”严女士说。两位新人举手投足间充满了默契,他们手上的结婚戒指也是由自己设计再送去定做的,可谓独一无二。今天,他们邀请了亲人和朋友共同见证人生重要的时刻,与记者的谈话间都是掩饰不住的幸福与甜蜜。 南都记者 陈辉 摄

काठमाडौ । विवाहमा युवायुवतीको रूचि घटदै गएकोले ‘भ्यालेन्टाइन डे’लाई यो वर्ष चीनमा विवाहोत्सवको रूपमा मानाउन लागिएको छ ।

चीनको वसन्त महोत्सवको विदामा यो वर्ष प्रेम प्रस्ताव दिवास वा भ्यालेन्टाइन डे परेकाले त्यहाँका विवाह दर्ता गर्ने निकायमा काम सुचारू राख्ने निर्णय गरिएको    छ । उत्साही परिवारमा मेलमिलाप दिवसको विदाको रूपमा मनाउने गरिएको वसन्त महोत्सवमा विवाह दर्ता खुला राख्ने भएको हो ।

विवाह बन्धनमा बाँधिने जोडीलाई उत्साही बनाउन पनि यो कार्यक्रमको आयोजना गरिएको समाचार ग्लोबल टाइम्सले सार्वजनिक गरेको छ ।
चीनका विभिन्न ठाउँहरूमा विवाह दर्ता गर्ने खुला राखिएको छ । विवाह बन्धनमा बाँधिने जोडीको आवश्यकता पूरा गर्न ती निकायहरूले सेवा उपलब्ध गराउने  छन् ।

पूर्वी तीजमने जियाङसी प्रान्तको जियान काउन्टीले विदाको दिनमा पनि विवाह दर्ता सेवा उपलब्ध गराउने घोषणा गरेको छ ।

चीनमा भ्यालेन्टाइन डे त्यहाँको परम्परागत दिवसको रूपमा मनाइदैन । स्थानीय नागरिक मामिला ब्युरोले यो अवसरलाई विवाहोत्सवको रूपमा विदामा दर्ता कार्य खुला गरी युवायुवतीको जोडीलाई एक असल दिन उपलब्ध गराउन भनेको चिनियाँ समाचार एजेन्सी द पेपरले जनाएको छ ।

यसै गरी पूर्वी चीनको फुजियान प्रान्त फुझाउले पनि विभिन्न जिल्लाहरूमा भ्यालेन्टाइ डेका लागि यस्तै व्यवस्था गर्ने निर्देशिका जारी गरिएको छ । स्थानीय वासिन्दाहरूमा अनलाइन बुकिङको सुविधा उपलब्ध गराएको छ ।

कोभिड–१९को प्रसारलाई बढ्न नदिन आवश्यक सावधानी अपनाएर सिमित संख्याका जोडीहरूलाई सिमित संख्यामा नातेदार उपस्थित गराई यो उत्सव मनाउन चिनियाँ अधिकारीहरूले स्मरण गराएका छन् ।

चिनियाँ शैलीको टिवटर सिना वेइबोका उपयोगकर्ताहरूले भ्यालेन्टाइ डेको बारेमा उत्साही टिप्पणीहरू सार्वजनिक गरेका छन ।
चीनमा व्यवस्त जीवन र सन्तान हेरचाहका लागि चाहिने उच्च खर्चका कारणले चिनियाँ युवाहरूमा एक्लो बस्ने वा विवाहबाट टाढिने प्रवृतिलाई निरूत्साहित गर्न यस्तो कार्यक्रमको आयोजना गरिएको देखिएको ।



प्रतिक्रिया दिनुहोस !