१३ बैशाख २०८१, बिहिबार

बिन्ध्यबासिनी म्युजिक लाईफटाईम अचिभमेन्ट अवार्ड यस वर्ष गायक वैद्यलाई

प्रकाशित मिति :  13 February, 2021 9:18 pm


काठमाडौं । बिन्ध्यबासिनी म्युजिक लाईफटाईम अचिभमेन्ट अवार्डबाट यस वर्ष गायक योगेश वैद्यलाई प्रदान गर्ने निर्णय भएको छ ।

बैद्यलाई एक लाख रुपैयाँसहित सम्मान गर्ने निर्णय भएको हो । त्यस्तै बिन्ध्यवासिनी संगीत साधना सम्मानबाट गायिका कुन्ती मोक्तान सम्मानित हुने भएकी छन् । मोक्तानलाई ५० हजार रुपैयाँसहित सम्मान गर्न लागिएको हो ।

त्यस्तै २५ हजार रुपैयाँसहित बिन्ध्यवासिनी संगीत रत्न सम्मानबाट माण्डबी त्रिपाठी र २५ हजार रुपैयाँसहित बिन्ध्यवासिनी संगीत कला पत्रकारिता सम्मान पत्रकार अनन्त वाग्लेलाई प्रदान गरिएको छ ।

बिन्ध्यवासिनी फाउण्डेसनको सातौं बार्षिक भेलाबाट एघारौँ बिन्ध्यवासिनी म्यूजिक अवार्ड २०७७ को लागि सल्लाहकारहरुको सिफारिशमा उक्त सम्मान प्रदान गर्ने निर्णय भएको बिन्ध्यबासिनी म्युजिककी अध्यक्ष लिना रेग्मीले जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !