८ बैशाख २०८१, शनिबार

दाङ रोल्पा जोड्ने सहिद मार्ग सुधारका लागि भन्दै संघर्ष समिति गठन

प्रकाशित मिति :  17 February, 2021 5:45 pm


रोल्पा । दाङ रोल्पा जोड्ने सहिद मार्गको अवस्था नाजुक भएपछि सुधार गर्न भन्दै संघर्ष समिति गठन भएको छ ।

नन्दराम खड्काको संयोजकत्वमा सहिद मार्ग सुधार संर्ष समिति गठन भएको छ । करोडौं खर्च गरेर बनाइएको सहिद मार्ग हस्तान्तरण नहुँदै बिग्रिएपछि सुधारका लागि भन्दै ९ सदस्यीय संघर्ष समिति गठन भएको हो । सल्लाहकारमा ४ जना रहेका छन् ।

सहिद मार्ग सुधारका लागि५० जनाभन्दा बढी अभियन्ता सदस्य रहनेछन् । अभियानमा जोडिने सदस्यलाई थपघट गर्न सकिने निर्णयमा उल्लेख छ ।

कालोपत्रे गरेको एक वर्ष नहुँदै सडक जिर्ण बनेपछि रोल्पा र दाङका जनप्रतिनिधि, सरकारी अधिकारी र सरोकालवाला निकाय सम्मिलित कार्यदल बसेर गत भदौ २ गते अल्पकालिन र दिर्घकालिन योजनासहित सडक मर्मत गर्ने निर्णय गरेको थियो ।

अल्पकालिन समस्या समाधानका लागि नाली सफाइको काम सहिद मार्ग सडक योजना कार्यालय मार्फत गर्ने, सडकखण्डको मर्मत तथा खाल्डाखुल्डी पुर्नका सामाग्रीको ढुवानी टिप्पर व्यवसायीले गर्ने र ग्राभेलका लागि आवश्यक सामाग्री घोराही उपमहानगरपालिकाले उपलब्ध गराउने निर्णय भएको थियो ।

ठूला खाल्डाखुल्डी पुर्नका लागि चाहिने आवश्यक ढुङ्गा लगायतको सामग्री रुन्टिगढी गाउँपालिकाले उपलब्ध गराउने सहमति भएको थियो ।
सहिद मार्ग समस्याबारे केन्द्रसम्म आग्रह गरिएपनि समस्या समाधान हुन सकेको छैन ।

सिमेन्ट उद्योगका लागि ढुंगा बोक्ने टिप्परका कारण सडकको अवस्था नाजुक बनेको छ ।


सम्बन्धित समाचार…

सहिदमार्ग जिर्ण बनेपछि होलेरीमा रोल्पा र दाङको सर्वपक्षीय छलफल 

घोराही–होलेरी सडक मर्मत एक हप्तामै सक्ने,औद्योगिक सडकका लागि प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय

 


 



प्रतिक्रिया दिनुहोस !