२७ बैशाख २०८१, बिहिबार

नेपालले किनेको कोभिड -१९ विरुद्धको १० लाख डोज खोप काठमाडौं आईपुग्यो

प्रकाशित मिति :  21 February, 2021 3:18 pm


काठमाडाैं ।  सरकारले भारतको सेरम इन्ष्टिच्युटबाट किनेको कोभिड – १९ विरुद्धको १० लाख डोज खोप नेपाल आइपुगेको छ ।

आइतबार दिउँसो एयर इन्डियाको विमानबाट कोभिशिल्ड खोप त्रिभुवन विमानस्थल आइपुगेको हो ।

सरकारले सेरमसँग २० लाख डोज खोप किन्ने निर्णय गरेको थियो र त्यसका लागि अग्रिम भुक्तानी समेत दिइसकेको छ ।

२० लाख डोज खोप किन्ने सम्झौता गरेअनुसार पहिलो चरणमा आइतबार १० लाख डोज खाेप काठमाडाैं आइपुगेको हाे ।



प्रतिक्रिया दिनुहोस !