१४ बैशाख २०८१, शुक्रबार

डा. बाबुराम भट्टराई अस्पताल भर्ना

प्रकाशित मिति :  23 February, 2021 11:53 am


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई अस्पताल भर्ना भएका छन् ।

भट्टराई दिल्लीस्थित यकृत एवं पित्त विज्ञान संस्थानमा मंगलबार विहान ९ बजे भर्ना भएको भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले सामाजिक संजाल फेसबुक मार्फत जानकारी दिएका छन ।

उनका अनुसार भट्टराईलाई आज दिनभर अस्पतालमा राखी आवश्यक सबै परीक्षण गरिने भएको छ ।

भट्टराई आइतबार पत्नी हिसिलासहित उपचारका लागि नयाँ दिल्ली गएका थिए ।



प्रतिक्रिया दिनुहोस !