१८ मंसिर २०७९, आइतबार

मौसम बिग्रदा दुई हेलिकप्टर खेल मैदानमा अवतरण

प्रकाशित मिति :  18 December, 2019 1:13 pm


पुस २, पोखरा ।
पोखराको मौसममा आएको खराबीले दुई हेलिकप्टरलाई अकस्मात खेल मैदानमा अवतरण गराइएको छ ।

बुधवार बिहान पर्यटक लिएर अन्नपूर्ण आधार शिविर गएका एयर डाइनेष्टी र सिम्रिक एयरको हेलिकप्टर पोखरा विमानस्थल फर्कने क्रममा मौसममा अकस्मात खराबी आउँदा बिहान १०:१० बजेको समयमा पोखरा महानगरपालिका–१९ लामाचौरस्थित सेती नदी किनारको गोस्तेघाट खेल मैदानमा अवतरण गरिइएको हो।

बिहान आधार शिविरतर्फ उडानको क्रममा मौसम अनुकूल रहे पनि फर्कने क्रममा विमानस्थल हुस्सुले ढाकेपछि अवतरण हुन नसकेर खेल मैदानमा अवतरण गर्नुपरेको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस !