५ जेष्ठ २०८१, शनिबार

छानबिन समितिको निष्कर्ष : तीव्र गतिका कारण नरपानी दुर्घटना

प्रकाशित मिति :  18 December, 2019 1:36 pm


पुस २, अर्घाखाँची ।
गत मंसिर ११ गतेअर्घाखाँचीको नरपानीमा भएको बस दुर्घटना तीव्र गतिका कारण भएको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

दुर्घटनापश्चात जिल्ला प्रशासन कायार्लय अर्घाखाँचीमा भएको सर्वपक्षीय बैठकबाट सहायक प्रजिअ विष्णुराज बेल्बासे संयोजक रहेको नौ जनाको सदस्यीय छानबिन समितिलाई १५ दिनभित्रमा प्रतिवेदन पेश गर्ने गरी कार्यादेश दिएपछि सोही अनुरुप समितीले प्रतिवेदन पेश गरेको हो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थलको स्केच, जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले तयार पारेको घटनास्थल प्रकृति मुचुल्का, गाडीको मेकानिकल जाँचको प्रतिवेदन, चालकले चिया नास्ता खाएको होटल साहुको भनाइ, घुम्तीका सर्वसाधारण र पसलेसँगको कुराकानी, घटनामा तत्काल उद्धारमा खटिएका प्रहरी चौकी नरपानीका चौकी इन्चार्जको बयान, उद्धारकर्ताको घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालयमा गरेको कागज, घटनास्थलको प्रकृति मुचुल्का, रेखाचित्रण र फोटोग्राफी तथा घाइतेको बयान कागजले समेत तीव्रगतिका कारण बस दुर्घटना भएको देखाएको छ ।

अर्घाखाँचीको सदरमुकाम सन्धिखर्कबाट रुपन्देहीको बुटवल जाँदै गरेको लु२ख २१४८ नम्बरको यात्रुवाहक बस सन्धिखर्क नगरपालिका–६ सल्लेरीमा दुर्घटना हुँदा १९ जनाको ज्यान गएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !