१३ बैशाख २०८१, बिहिबार

शुरू भयो फागुन मास,जान्नुहोस् यसको धार्मिक महत्व र विशेष जानकारी

प्रकाशित मिति :  28 February, 2021 2:28 pm


फागुन महिना हिन्दू पञ्चाङ्गको अन्तिम महिना हो । यो महिनामा पूर्णिमाको फाल्गुनी नक्षत्र भएका कारण यो महिनाको नाम फागुन हो ।

फागुन महिनालाई आनन्द र उल्लासको महिना पनि भनिन्छ । फागुन महिनाबाट गर्मी पनि सुरुवात हुन्छ र जाडो कम हुँदै जान्छ । फागुन महिना बसन्तको प्रभावको कारण यो महिना प्रेम र सम्बन्ध पनि बढ्छ । यो महिना खानपान र जीवनचर्या बदल्नु पर्दछ । यस महिना मन धेरै मन चञ्चलता हुने कारण नियन्त्रण गर्नु पर्दछ ।

फागुन महिनामा व्रत

फागुन शुक्ल अष्टमीमा माता लक्ष्मी र माता सीताको पूजा गर्ने चलन छ । फागुन कृष्ण चतुर्दशीको भगवान शिवको उपसना गरेर महाशिवरात्री मनाइन्छ । फागुन महिनामा चन्द्रमा को जन्म भएको पनि मानिएको छ । यस महिना चन्द्रमाको व्रत उपसना पनि गरिन्छ । फागुनमै पे्रम र अध्यात्मको पर्व होली पनि मनाइन्छ ।

कुन देवताको पूजा र उपसना गर्ने

फागुन महिनामा श्री कृष्णको पूजा उपसना ग¥यो भने विशेष फलदायी हुन्छ । यो महिनामा बाल, युवा र गुरु कृष्ण तीनै स्वरुपको उपसना गर्न सकिन्छ । यस महिना सन्तानको लागी बाल कृष्ण, पे्रम र आनन्दको युवा कृष्ण र ज्ञानको लागी गुरु कृष्णको उपसना गर्ने ।

कुन कुराको ख्याल गर्ने

फागुन महिना हल्का चिसो र सामान्य पानीले स्नान गर्ने । भोजनमा अन्नको प्रयोग कम गरेर अत्याधिक रुपमा फलफुल खाने । कपडा रंगीन, सुन्दर लगाउने र सुगंन्धको प्रयोग गर्ने । नियमित रुपमा भगवान कृष्णको उपसना गर्ने पूजा गर्दा पूmलको धेरै प्रयोग गर्ने । यो महिना नशालु र माछा मासुको प्रयोग नगर्ने ।

फागुन महिनामा के प्रयोग गर्ने

धेरै रिस उठ्ने समस्या छ भने भगवान श्री कृष्णको नियमित रुपमा पुरा महिना पुजा गर्ने । मानसिक समस्या छ भने सुगन्धित जलले स्नान गर्ने र सुगन्धित चन्दनको प्रयोग गर्ने । र स्वास्थ्यमा समस्या छ भने शिवजीको पुरा महिना सेतो चन्दन चढाउने र आर्थिक समस्या छ भने पूरै महिना माता लक्ष्मीको गुलाब चढाउने गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस !