१४ बैशाख २०८१, शुक्रबार

मोटोपना कम गर्ने जापानी तरिका ‘असा डाइट’

प्रकाशित मिति :  1 March, 2021 2:53 pm


वजन बढ्ने समस्याबाट छुटकारा पाउन मानिसले पैसाको खोलो नै बगाउने गरेका छन् । तर पनि वजन घट्दैन । घरेलु उपायदेखि लिएर डाक्टरका महँगा औषधि सेवन गर्दा हैरान भएर अन्त्यमा उनीहरूले मोटोपना स्विकार गर्छन् ।

तर एउटा जापानी तरिका प्रयोग गरिए सजिलै मोटोपनाबाट मुक्ति पाउन सकिन्छ ।

माटोपना कम गर्न यो जापानी तरिका धेरै सजिलो छ । दिनको सुरुवात तातो पानीसँग केरा खानु पर्छ । जापानीहरूले विहानको खाजामा यो भोजन विधि अपनाउँछन । यसलाई ‘असा डाइट’ भनिन्छ ।

केराले मेटाबालिज्म सिस्टमको दुरूस्त राख्न मद्दत गर्दछ । यसले मानिसको पाचनक्रिया सुधार गर्न सहयोग पुर्‍याउँछ । यो एक प्रकारको पोषणयुक्त तरलपदार्थबाट भरिपूर्ण हुन्छ । यो तरल पदार्थलाई स्टार्च भनिन्छ ।

यसले ग्लाइसेमिक इन्डेक्सको मात्रा धेरै कम गराउँछ । केरामा भएको रेशायुक्त वस्तु ‘फाइबर’ दिसा निकासको समस्या हुन दिँदैन । मन सन्तुष्ट हुन्छ । कार्बोहाइड्रेटको शोषण रोक्न मद्दत गर्दछ ।

प्रौष्टिक तत्व र स्वस्थ्य कार्बोहाइड्रेट धेरै भएको यो डाइट दिनभरिमा मानिसको शरीरमा हुने मोटोपना कम गर्न मद्दत गर्दछ । बिहानको खाजामा केरासँग तातोपानी खाए धेरै समयसम्म भोक नलाग्ने हुन्छ । यसले धेरै खानेकुराको चाहना कम गराउँछ ।

सबै भन्दा पहिले बिहान उठ्ने । उठ्ने बित्तिकै एक गिलास मनतातो पानी खाने । त्यसको आधा घन्टा पछाडी २ ओटा केरा खाने । भोक अनुसार केराको मात्राको प्रयोग गर्न सकिन्छ ।

यसै गरी अन्य प्रक्रिया अनुसार

१. अनार
अनार एक चमत्कारी फल हो । हरेक दिन एक रातो अनार खाने बानी गरे मानिसको वजन कम मात्रै नभइ शारीरिक कमजोरी पनि हटाउन सहयोग गर्छ । मधुमेहका रोगीलाई पनि यो निकै फाइदाजनक मानिएको छ ।

२. स्याउ
स्याउ रातो र हरियो दुईटै थरी पाइन्छन् । स्याउ जता पनि सजिलै पाइन्छ । स्याउमा भिटामिन सी पाइन्छ । रातो स्याउमा प्रशस्त मात्रामा रेशायुक्त फाइबर उपलब्ध हुन्छ । यसले गर्दा पाचनक्रिया बलियो बनाउनका साथै धेरै भोक लाग्न दिँदैन ।

३.आलुवखरा
वजन कम गर्न आरुवखराको सेवन उत्तर उपाय मानिन्छ । यसको सेवनबाट रोगप्रतिरोधी क्षमता ‘इम्यून सिस्टम’लाई बलियो बनाउँछ । झन् बिहान यसको सेवन गर्दा दिनभर उर्जा प्राप्त हुन्छ ।

४. चेरी
वजन कम गर्न चेरी सेवन पनि राम्रो उपाय मानिन्छ । खालीपेटमा चेरी खाइए धेरै फाइदा हुन्छ ।

५. स्ट्रवेरी
हरेक दिन ५–६ स्ट्रवेरी खाइयो भने यसले यो वजन घटाउने मात्र नभइ रोगप्रतिरोधी क्षमता ‘इम्युन सिस्टम’ पनि बढाउँछ । लामो समयको उपयोगले यसले छालालाई सुन्दर तथा आकर्षक बनाउँछ । एजेन्सी



प्रतिक्रिया दिनुहोस !