१४ माघ २०७९, शनिबार

अध्यक्ष ओलीलाई नेपाल पक्षले भन्यो, ‘एकपक्षीय निर्णय मान्दैनौं’

प्रकाशित मिति :  15 March, 2021 1:53 pm


काठमाडौं । नेकपा एमाले माधव नेपाल पक्षले फागुन २८ गतेको निर्णय नमान्ने बताएको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते माधव नेपाल पक्षका नेताको जिम्मेवारी खोस्दै केन्द्रीय कमिटी समेत विस्तार गरेका थिए । पार्टी मुख्यालय धुम्बाराहीमा भएको छलफलमा नेपाल पक्षले उक्त निर्णय नमान्ने जानकारी गराएको हो ।

छलफलपछि नेपाल पक्षका नेता रघुजी पन्तले फागुन २८ गते अध्यक्ष ओलीले विधानविपरीत गरेको निर्णय नमान्ने जानकारी गराएको बताए । उनले अध्यक्ष ओलीले सकारात्मक रुपमा वार्ता अगाडि बढाउन पहल गर्ने अपेक्षा गरेको बताए ।

उनले भने “२८ गते भएको बैठकका निर्णय थाहा छैन। निर्णय स्वीकार्दैनौं। त्यो बैठक विधानअनुसार छैन। स्वीकार्न सकिन्न भनेर हामीले भनेका छौं ।”



प्रतिक्रिया दिनुहोस !