२४ बैशाख २०८१, सोमबार

कांग्रेस नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर, भेन्टिलेटरमा राखेर उपचार

प्रकाशित मिति :  17 March, 2021 8:56 am


काठमाडाैं । नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य गम्भीर रहेको छ । उनको नर्भिक अस्पतालमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको नर्भिक अस्पतालले जानकारी दिएकाे छ ।

केही संचारमाध्यमा उनको मृत्युको समाचार आए पछि पारिवारिक स्रोले उक्त समाचार सत्य नभएको र हाल उनको भेन्टिलेटर उपचार भइरहेको जानकारी दिएको छ ।

कुनै पनि व्यक्तिको निधन जस्तो अति संवेदनशील विषयमा अनुमानको भरमा समाचार सम्प्रेषण नगरिदिन हुन पारिवारिक स्राेतले सरोकारवाला सबैमा अनुरोध समेत गरेको छ ।

गत फागुन १४ गते बेहोस भएपछि उनलाई नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । मस्तिस्कघात भएका जोशीलाई उपचारपछि स्वास्थयमा सुधार आए पश्चात भेन्टिलेटरबाट आइसीयूमा सारिएको थियाे । स्वास्थ्य अवस्थामा फेरी समस्या देखिएपछि अहिले उनकाे भेन्टिलेटरमै राखेर उपचार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !