२१ बैशाख २०८१, शुक्रबार

शङ्कास्पद रूपमा भेटिएका वडाध्यक्ष प्रहरीको नियन्त्रणमा

प्रकाशित मिति :  19 March, 2021 1:35 pm


बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–७ का वडाध्यक्ष भरत महरा स्थानीय एक महिलासँग शङ्कास्पदरूपमा भेटिएका छन् ।

शङ्कास्पदरूपमा भेटिएका वडाध्यक्ष र ती महिलालाई नियन्त्रणमा लिइएको प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

महराकी श्रीमतीले उनीहरु दुवै कोठामा दुबै एउटै कोठामा बसेको भनि दिएको सुचनाअनुरुप दुवैलाई बिहान ३ बजे स्थानीय खोचलेक बजारको एक होटलको कोठाबाट नियन्त्रणमा लिइएको प्रहरी जनाएको छ ।

शङ्कास्पद रुपमा भेटिएका दुवै जनालाई जिल्ला ल्याउन लागेको प्रहरी नायब उपरीक्षक अधिकारीले जानकारी दिए। “दुवै जनालाई एउटै कोठाबाट नियन्त्रणमा लिएका हौँ,” उनले भने, “जिल्ला ल्याइँदैछ थप बुझ्छौँ, अहिले नै सबै कुरा भन्न सकिने अवस्था छैन, पार्टीको काम भएकाले सँगै कोठामा बसेको भन्नेछ ।”



प्रतिक्रिया दिनुहोस !