२० जेष्ठ २०८१, आइतबार

आइएमई मोटरद्वारा उर्लाबारी नगरपालिकालाई दमकल हस्तान्तरण

प्रकाशित मिति :  22 March, 2021 5:47 pm


काठमाडौं ।

आइएमई मोटर्स प्रा.लि.ले उर्लाबारी नगरपालिकालाई सुबिधा सम्पन्न दमकल हस्तान्तरण गरेको छ ।

कम्पनीद्वारा प्रवर्धित अशोक लेलैण्डले उर्लाबारीमा एक कार्यक्रमबीच दमकल हस्तान्तरण गरेको हो ।

दमकल हस्तान्तरण कार्यक्रममा उर्लाबारी नगरपालिकाका नगर प्रमुख खड्ग बहादुर फागो, उप प्रमुख लक्ष्मी देवी भण्डारी, आइएमई मोटर्सका कर्पोरेट सेल्स हेड सुशिल राणा थापा, नेशनल फायर सेफका प्रमुख खगेन्द्र कार्की लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख फागोले आगलागीमा घटना हुनाका साथै नगरपालिकाले नागरिकको धनजनको क्षति रोकथामको लागि दमकल उपयोगी साबित हुने विश्वास व्यक्त गरे ।

फागोले खरिद गरिएका सामानको सुरक्षा गर्न र दमकलको प्रयोगलाई प्रभावकारी बनाउन दमकलका कर्मचारीलाई निर्देशन दिए ।



प्रतिक्रिया दिनुहोस !