५ जेष्ठ २०८१, शनिबार

छैठाै भक्तपुर महाेत्सव काेराेना संक्रमण फैलिन सक्ने भन्दै स्थगित

प्रकाशित मिति :  24 March, 2021 10:55 am


भक्तपुर । भक्तपुरमा यहि चैत्र २७ गतेदेखि वैशख ७ गतेसम्म हुन लागेको छैठौ भक्तपुर औधोगिक, साँस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७ /८८ स्थगित भएको छ ।

कोरोना संक्रमण फैलिन सक्ने भन्दै मेला स्थिगत गरिएको औधोगिक शान्ति नेपालका अध्यक्ष सन्दिप महतले जानकारी दिएका छन् ।

उनले आफुँहरुले चाँहादा चाहँदै पनि सरकारको आग्रहलाई पालन गर्दै मेला स्थगित गर्न बाँध्य भएको जानकारी दिए । अर्को वर्ष समय र परिस्थतिले साथ दिए मेला आयोजना गर्ने बताए ।

विगत केही हप्तादेखि विश्व तथा छिमेकी देशमा कोरोना संक्रमण बढेसँगै जोखिम बढ्दै गएको भन्दै स्वास्थ्य मन्त्रालयले आमसभा, गोष्ठी, र्याली तथा सभा सम्मेलन नगर्न आम जनसमुदायमा आग्रह गरेको थियो ।

मन्त्रालयले भारतमा कोरोना संक्रमण बढ्दै गएपछि नेपालमा पनि संक्रमण फैलिने सक्ने जोखिम देखिएसँगै सर्तक रहन स्वास्थय मापदण्ड पालना गर्न सबैमा अनुरोध गरेको थियाे ।



प्रतिक्रिया दिनुहोस !