भारतीय प्रधानमन्त्रीको भ्रमणको विरोधका क्रममा बंगलादेशमा ४ जनाको मृत्यु
काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुईदिने भ्रमणका लागि बंगलादेशमा रहेका बेला भएको प्रर्दशनमा ४ जनाको मृत्यु भएको छ ।
मोदीको भ्रमणको विरोध गर्दै प्रर्दशनमा उत्रिएका प्रर्दशकारीको प्रहरीसँग झडप हुँदा ४ जनाको मृत्यु भएको हो । मोदी भ्रमणको विरोधमा चटगाउँमा भएको प्रर्दशनका क्रममा प्रहरीसँग झडप भएको थियो ।
झडपका क्रममा घाइते भएका ४ जनाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको बीबीसीले जनाएको छ । यसअघि हिजोपनि ढाकामा प्रर्दशन भएको थियो । प्रर्दशनका क्रममा भएको झडपमा केही पत्रकार घाइते भएका थिए ।
बंगलादेशको स्थानीय मिडियाका अनुसार कैयौं प्रर्दशनकारीहरू झडपका क्रममा घाइते भएका छन् । पछिल्लो समय कतिपय मुस्लिम नेता तथा बामपन्थी संगठनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणको विरोधमा र्याली निकालिरहेका छन् ।
उनीहरुको दाबी छ कि शेख मुजीबुर रहमानले एक धर्मनिरपेक्ष राष्ट्रका लागि संघर्ष गरेका थिए भने मोदीले साम्प्रदायिकताका लागि संघर्ष गरिरहेका छन् ।
रहमान बंगलादेशको संस्थापक हुन् । प्रधानमन्त्री मोदी बंगलादेशी प्रधानमन्त्री शेख हसीनाको निमन्त्रणमा हिजो ढाका पुगेका छन् । बंगलादेशको स्वतन्त्रताको ५० वर्ष तथा संस्थापक शेख मुजीबुर रहमान की सयौं जन्मोत्सवका अवसरमा भएको कार्यक्रमको अतिथिका रुपमा ढका पुगेका हुन् ।








