७ जेष्ठ २०८१, सोमबार

चिनियाँ आपराधिक गिरोहविरुद्ध प्रहरीको अपरेशन : ९७ चिनियाँ पक्राउ

प्रकाशित मिति :  23 December, 2019 7:01 pm


Five Chinese hackers whom were arrested for stealing millions of rupees from various ATM booths are displayed to the media inside the Police Station in Kathmandu on Sunday. Photo/Skanda Gautam/ THT

७ पुस, काठमाडौं ।
महानगरीय प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर अपराधिक गतिविधिमा संलग्न ९७ जना चिनियाँ नागरिकहरुलाई पक्राउ गरेको छ ।

काठमाडौंस्थित चिनियाँ दूतावासको सहकार्यमा विशेष सर्च अपरेशनका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले सोमबार बिहानदेखि काठमाडौंको मनमैजु, बाँसबारी, ठमेललगायत क्षेत्रमा छापा हानी चिनियाँ नागरिकलाई पक्राउ गरिएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरु विभिन्न प्रविधिको प्रयोग गरी बैंक ह्याकिङ लगायत अवैधानिक गतिविधिमा संलग्न थिए । प्रहरीले उनीहरुको साथबाट ह्याकिङमा प्रयोग हुने उपकरण, केही ल्याटपट, मोबाइलसहितका विद्युतीय सामग्री बरामद भएको जनाएको छ ।

प्रहरीका अनुसार उनीहरुले नेपाललाई आधार बनाएर अन्य देशविरुद्ध समेत ह्याकिङ गर्ने गरेको देखिएको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

पछिल्लो समय नेपालमा हुने सुन तस्करीदेखि बैंक ह्याकिङसम्मका घटनामा उनीहरुको संलग्नता बढ्दो देखिएको छ ।



प्रतिक्रिया दिनुहोस !