१२ बैशाख २०८१, बुधबार

सङ्घर्षमा कलमले सम्झ्यो लुम्ले कविता गाउँ

प्रकाशित मिति :  29 March, 2021 6:10 pm


पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिकामा रहेको ‘सङ्घर्षमा कलम साहित्य समाज’ पोखराले लुम्लेलाई कविता गाउँ घोषणा गरेको दिन चैत १५ गतेलाई गौचन र कविता गाउँको स्मरण गरेको छ ।

२०६५ सालको चैत्र १५ गते कास्कीको लुम्ले गाउँलाई कविता गाउँ लुम्ले घोषणा गरिएको थियो । कविता गाउँका प्रणेता विनोद गौचनका दाजु विश्वमोहन गौचनले विनोदका विविध आयाम र स्वभावका बारे चर्चा गरे ।

उनले विनोदलाई साधनामा घडीको सुई सर्दाको आवाज पनि अप्रिय लागेर व्याट्री निकालेर राखेको स्मरण गरे । “सबैले बजारमा घर खोज्थे विनोद बजारमा कोलाहल भयो भन्दै शान्त ठाउँ खोज्दै तीन ठाउँमा घर सयो,” गौचनले भाइको कविता सम्झर्दै भने ।

संस्थाका अध्यक्ष कृष्ण सारथीले संघर्षमा कलमले कविता गाउँ घोषणा हुँदाकै वर्षदेखि निरन्तर आफूलाई क्रियाशील गराउँदै स्रष्टा साधकको सम्मान, कृति प्रकाशन, चर्चा परिचर्चा लगायतका कार्य गर्दै आएको बताए ।

गठन हुन लागेको गण्डकी प्रज्ञा प्रतिष्ठानमा दुर्गाबहादुर शाह बाबाले कुलपति, मदन भण्डारी र सुमन श्रापितलगायतले सदस्यमा उम्मेदवारी पेश गरेकामा खुसी व्यक्त गर्दै राम्रा प्रतिभालाई कसैले छेक्न नसक्ने उनले भने ।

संस्थाका उपाध्यक्ष पूर्ण नेपालीले संस्थाका गतिविधिलाई माया ममता राखेर साथ र सहयोग पु¥याउने सम्पूर्णलाई आभार व्यक्त गर्दै संस्थाले आफ्नो युट्युब च्यानल सक नेपालका माध्यमबाट साप्ताहिक सिर्जनामैत्री कार्यक्रम सर्जाम सञ्चालन गर्दै आएको जानकारी गराए ।

 

 



प्रतिक्रिया दिनुहोस !