२४ बैशाख २०८१, सोमबार

सहकारी र माइक्रोफाइनान्स पनि डिजिटल भुक्तानीमा जोडिने, इसेवा र इन्फोडेभलपर्सबीच सहकार्य

प्रकाशित मिति :  30 March, 2021 2:33 pm


काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवा र सफ्टवेयर निर्माण कम्पनी इन्फोडेभलपर्सबीच सहकार्यको सम्झौता भएको छ ।

सहकारी तथा माइक्रोफाइनान्सलाई डिजिटल भुक्तानीमा जोड्ने उदेश्यले एक कार्यक्रमकाबीच सम्झौता भएको हो । सम्झौतापत्रमा इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा इसेवाका प्रमुख कार्यकारी अधिकृत सापकोटाले भने, ‘अहिले पनि ९० प्रतिशत भन्दा धेरै रकम क्यासमा कारोबार भइरहेको छ । यसलाई डिजिटल बनाउन सहकरी र माईक्रोफाइनान्सको भूमिका ठुलो रहेको छ । यो सहकार्यले डिजिटल इकोनोमी बनाउने अभियानमा ठुलो सहयोग पुग्नेछ भन्ने विश्वास लिएका छौँ।’

इसेवासँगको सहकार्यले सहकारी र माइक्रोफाइनान्सलाई डिजिटल भुक्तानीमा जोड्दा सदस्यहरुलाई सजिलो हुने, सहकारी र माइक्रोफाइनान्सको निक्षेप बढ्ने र समग्र अर्थतन्त्रलाई पनि चलायमान बनाउने इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत रघुवंशीले बताए ।

सम्झौतासँगै इन्फोडेभलपर्सले निर्माण गरेका सफ्टवेयर प्रयोग गरेका सहकारी तथा माइक्रोफाइनान्स डिजिटल भुक्तानीमा जोडिनेछन् । उनीहरुले कोर बैंकिङ सिस्टमबाटै डिजिटल भुक्तानीको सुविधा दिन सक्नेछन् । जसबाट सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले युटिलिटी बिल भुक्तानी, रेमिट्यान्स भुक्तानी, एक सहकारी खाताबाट अर्को सहकारी खातामा रकम ट्रान्स्फर, बैंकमा रकम ट्रान्स्फर तथा क्यूआर स्क्यान गर्ने सुविधा पाउनेछन् । यो सम्झौतासँगै सहकारी तथा माइक्रोफाइनान्सका सदस्यले पनि बैंकका ग्राहकले जस्तै सबै सुविधा उपयोग गर्न पाउनेछन् ।



प्रतिक्रिया दिनुहोस !