२४ बैशाख २०८१, सोमबार

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत १० लाखको बीमा रकम भुक्तानी

प्रकाशित मिति :  30 March, 2021 3:23 pm


काठमाडौं । एन आई सी एशिया बैंकले ग्राहकहरू समक्ष ल्याएको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचार वापत १० लाख बीमा रकम भुक्तानी गरेको छ ।

काठमाडौंको डिल्लीबजार शाखामा न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोेलेकी काठमाडौं पानीपोखरी निवासी ५० वर्षिय आरती मानन्धरलाई घातक रोगको उपचारवापत रकम भुक्तानी गरेको हो । बैंकले खातावालालाई बचतसँगै बीमा सुविधा उपलब्ध गराउने उद्देश्यले उक्त बीमा रकम नेको इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो।

हाल न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकहरूलाई भविष्यमा आइपर्न सक्ने भवितब्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाखसँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकहरुले पाउने बैंकले जनाएको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ४२६ जना भन्दा बढी ग्राहकहरूले बीमा वापतको २ करोड ६६ लाख भन्दा बढी रकम प्राप्त गरिसकेको बैंकका प्रमुख सूचना अधिकारी सुधिर नाथ पाण्डेले बताए ।

 

 



प्रतिक्रिया दिनुहोस !