२५ बैशाख २०८१, मंगलबार

भोलि खण्डग्रास सूर्यग्रहण, कुन राशीलाई कस्तो ?

प्रकाशित मिति :  25 December, 2019 10:40 am


काठमाडौं, ९ पुस

भोलि खण्डग्रास सूर्यग्रहण लाग्ने भएको छ । भोलि बिहान ८ बजेर ४३ मिनेटदेखि सूर्यग्रहण सुरु हुनेछ । काठमाडौंमा बिहान ८ बजेर ४३ मिनेट, महेन्द्रनगरमा ८ बजेर ३८ मिनेट र भद्रपुर झापामा बिहान ८ बजेर ४८ मिनेटबाट सूर्यग्रहण देखिनेछ ।

काठमाडौं र महेन्द्रनगरबाट ३९ प्रतिशत तथा भद्रपुर, झापाबाट ३६ प्रतिशत सूर्यग्रहण देखिनेछ । बीपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्रहालयबाट टेलिस्कोपको सहायताद्वारा सूर्यग्रहणको अवलोकन प्रत्यक्ष रूपमा सर्वसाधारणलाई गराइने व्यवस्था मिलाएको छ ।

नेपालबाट बिरल छायाँ र खण्डग्रास मात्र देखिने छ । बिरल छायाँ सूर्य ग्रहण लाग्दा सुरुमा परेको छायाँ हो र यसलाई सामान्य रूपमा देखिँदैन ।सूर्यग्रहणलाई खाली आँखा, बाइनाकुलर वा टेलिस्कोप प्रयोग गरेर कदापि अवलोकन गर्दा आँखा सधैंका लागि बिग्रिने खतरा हुन्छ ।

साथै एक्स रे प्लेट, ध्वाँसो लगाएको ऐना तथा पानीमा समेत सूर्यको प्रतिविम्ब अवलोकन गर्नु हुँदैन । हिमाल आरोहणमा प्रयोग गरिने विशेष प्रकारको गाढा रङको धातु लेपन भएको चस्माबाट मात्र यसको अवलोकन गर्न सकिन्छ ।

सूर्य र पृथ्वीको बीचमा चन्द्रमा आउँदा सूर्यग्रहण लाग्छ । कुनै राशी भएकाले पनि सूर्यग्रहण नांगो आँखाले हेर्न हुँदैन । मेष, वृष तथा मिथुन राशीलाई सूर्यग्रहण हानिकारक छ । सिंह, कन्या, वृश्चिक, धनु, मक्करले पनि यो सूर्यग्रहण हेर्नु उपयुक्त नरहेको ज्योतिषशास्त्रीको भनाई छ । नक्षत्रका आधारमा कर्कट, तुला र मीन राशी भएकाले भने सूर्य ग्रहण हेर्दा हुने हानी हुनेछैन ।



प्रतिक्रिया दिनुहोस !