२१ बैशाख २०८१, शुक्रबार

वैशाखमा ६ गतेदेखि अरुण भ्यालीको हकप्रद सेयर बिक्री खुला

प्रकाशित मिति :  2 April, 2021 1:53 pm


काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशन गर्ने भएको छ ।

कम्पनीले बैशाख ६ गतेदेखि १ः५को अनुपातमा प्रति सेयर १०० रुपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । उक्त कम्पनीले हकप्रद सेयर वैशाख ६ गतेदेखि वैशाख २६ गतेसम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले उक्त हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड, ट्रेड टावर, थापाथली, मुक्तिनाथ बैंक लिमिटेडका तोकिएका शाखा कार्यालयहरू र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।



प्रतिक्रिया दिनुहोस !