१६ चैत्र २०८०, शुक्रबार

डेरी क्षेत्रका कार्यरतलाई कोरोना भ्याक्सीन उपलब्ध गराउन माग

प्रकाशित मिति :  5 April, 2021 4:23 pm


काठमाडौं ।

सरकारले अत्यावस्यक क्षेत्रको रुपमा घोषणा गरेको दुुग्ध क्षेत्रमा कार्यरत किसान, उद्योगी तथा कामदारलाई कोरोना खोप उपलब्ध गराउन नेपाल डेरी एसोसिएशनले माग गरेको छ ।

एसोसिएशनले सोमबार सरकारसँग औपचारिक रुपमा खोपको माग गरेको हो । मुलुकभर दुग्ध उत्पादनको क्षेत्रमा कार्यरत करिव ५ लाख किसान तथा उद्योग क्षेत्रमा संलग्न ३० हजारका लागि खोप उपलब्ध गराउन माग गरिएको छ ।

एसोसिएशनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, प्रदेश कृषि तथा सहकारी मन्त्रालय, राष्ट्रिय दुुग्ध विकास बोर्ड, देशभरका ७५३ वटै स्थानीय निकायमा पत्र लेखेर खोप उपलब्ध गराउन पहल गरिदिन अनुरोध गरेको छ ।



प्रतिक्रिया दिनुहोस !