५ जेष्ठ २०८१, शनिबार

तीनपिप्लेमा फोहोर बोकेको गाडी दुर्घटना, दुईजनाको मृत्यु

प्रकाशित मिति :  27 December, 2019 12:53 pm


  1. ‌काठमाडौं ,११पुस

काठमाडौंबाट फोहोर बोकेर नुवाकोटको सिसडोल जाँदै गरेको गाडी दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु गएको छ।  ना १ क ३३८ नम्बरको गाडी तीनपिप्लेमा दुर्घटना भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा चालक र सहचालक रहेको ओखरपौवा प्रहरी चौकीका प्रहरी हवल्दार रामकुमार थापाले जानकारी दिए। गाडी अनियन्त्रित भई ओरालोमा  दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। दुर्घटनाबारे थप विवरण आउन बाँकी छ।



प्रतिक्रिया दिनुहोस !