२१ बैशाख २०८१, शुक्रबार

भारतमा भयावय बन्दै काेराेना संक्रमण, २४ घण्टामा १ लाख १५ हजार माथि संक्रमित

प्रकाशित मिति :  7 April, 2021 11:47 am


काठमाडाैं । भारतमा काेराेनाकाे संक्रमण भयावय बन्दै गएकाे छ । काेराेनाकाे दास्राे लहर फैलिएसँगै भारतमा दिनानुदिन संक्रमितकाे संख्या बढ्दै भएकाे छ। बृधबार भारतमा सबै भन्दा बढी १ लाख १५ हजार ७३६ जनामा काेराेना संक्रमण पृष्टि भएकाे छ ।  जुन अहिले सम्मकै धेरै हाे ।

भारत काेराना संक्रमण फैलिन संसारमा पहिलाे नंमरमा परेकाे छ । महाराष्ट्र राज्य काेराेना संक्रमण फैलिनेमा अग्र स्थानमा रहेका छ । महाराष्ट्रमा मात्रै २४ घण्टामा ५० हजार भन्दा माथि संक्रमित थपिएका छन् । काेराेना संक्रमणका बिरामी बढ्दै गएपछि भारतका केही स्थानमा रात्रिकालिन कर्फ्यू  लगाइएकाे छ ।

हिजाे मात्रै दिल्ला सरकारले अप्रिल ३० तारिक सम्मका लागि रात्रिकालीन कर्फ्यू जारी गरिएकाे थियाे । त्यस्तै भारतकाे युपी सरकारले पनि रात्रिकालिन कर्फ्यू लगाउने तयारी गरेकाे छ ।

भारतमा अहिलेसम्म १ कराेड २८ लाख १ हजार ७८५ जनामा काेराेना संक्रमण भेटिएकाे छ । संक्रमितमध्ये १ कराेड १७ लाख ९२ हजार १३५ जना संक्रमण मुक्त भएका छन् । काेराेना संक्रमणबाट १ लाख ६६ हजार १७७ जनाकाे मृत्यु भइसकेकाे ।

भारतमा जनवरी १७ देखि काेराेना खाेप लगाउन शुरु भएकाे थियाे । जसमा ८ कराेड ७० लाख ७७ हजार ४७४ जनाले काेराेना खाेप लगाइ सकेका छन् । हिजाे मात्रै भारतमा ३३ लाख जनाले काेराेनाकाे खाेप लगाइएकाे भारत सरकारले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !