२१ बैशाख २०८१, शुक्रबार

काेराेना भारत : २४ घण्टामा १ लाख ५३ हजार संक्रमित, ८३९ जनाकाे मृत्यु

प्रकाशित मिति :  11 April, 2021 12:41 pm


एजेन्सी, भारतमा काेराेना संक्रमणकाे संख्या दिनानु दिन नँया रेकर्ड बन्दै गएकाे छ । भारतमा पछिलाे २४ घण्टामा १ लाख ५३ हजार जना काेराेना संक्रमित थपिएकाे छन् । काेराेना संक्रमणबाट २४ घण्टामा ८ सय ३९ जनाकाे मृत्यु भएकाे छ ।

पछिल्लाे समय भारतमा काेराेना संक्रमितकाे संख्यामा नँया रेकर्ड थपिदै गएकाे छ । काेराेनाकाे दाेस्राे लहर शुरु भएसँगै भारतमा संक्रमितकाे संख्या उच्च रहेकाे छ । १ फेरवरीमा ८ हजार ६३५ जना संक्रमित रहेकाे भारतमा मार्चमा मध्यबाट संक्रमितकाे संख्या ह्वातै बढ्दै गएकाे हाे । संक्रमितबाट मृत्यु हुनेकाे संख्या पनि बढ्दै गरेकाे छ ।

काेराेना संक्रमणमा भारतकाे महाराष्ट्रमा निकै प्रभाव पारेकाे छ त्यहाँ २४ घण्टामा ५५ हजार भन्दा बढी संक्रमित भेटिएकाे छन् । संक्रमण फैलिनेक्रम नराेकिए पछि महाराष्ट्रका मूख्य मन्त्रीले लकडाउन गर्ने संकेत गरेकाे त्यहास्थित संचार माध्यमले जनाएका छन् ।

संक्रमण बढ्दै गएपछि महाराष्ट्रमा अप्रिल ३० सम्मका लागि रात्रिकालिन कर्फ्यू  लगाइएकाे थियाे । भारतमा संक्रमति उच्च हुनेमा दिल्ली, गुजरात, केरला, कर्नाटक, तामिलनाडु रहेका छन् । यी राज्यमा पनि दैनिक ५ हजार भन्दा माथि संक्रमित भेटिएका छन्।

भारतमा हालसम्म काेराेना संक्रमितकाे संख्या १ कराेड ३३ लाख ५८ हजार ८०५ पुगेकाे छ । हालसम्म डिस्चार्ज हुनेकाे संख्या १ कराेड २० ८२ हजार ४४३ रहेकाे छ । काेराेना संक्रमणबाट ११ लाख ८ हजार ८७ जनाकाे ज्यान गएकाे छ । भारतमा अहिलेसम्म काेराेना खाेप लगाउनेकाे संख्या १० कराेड १५ लाख ९५ हजार १४७ जना रहेका छन् ।



प्रतिक्रिया दिनुहोस !