१३ बैशाख २०८१, बिहिबार

भारतमा १ दिनमै १ लाख ६८ हजार संक्रमित थपिए, ९०४ जनाकाे मृत्यु

प्रकाशित मिति :  12 April, 2021 12:25 pm


एजेन्सी ।  भारतमा कोरोना संक्रमण कन्ट्राेल भन्दा बाहिर गएको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६८ हजार जना नयाँ सक्रमित थपिएका छन् । २४ घण्टामा ९ सय ४ जना व्यक्तिको संक्रमणबाट ज्यान गएको छ।

विगत केही हप्तायता भारतमा फैलिएको कोरोना संक्रमणको दोस्रो लहर तीब्र रुपमा बढ्दै गएको छ । त्यहा प्रत्येक दिन संक्रमितको संख्या थपिदै गएको छ भने मृत्युदर पनि बढ्दै गएको छ ।

भारत अहिले संसारमा कोरोना संक्रमणको हटस्पट समेत बनेको छ । अमेरिका र ब्राजिल पछि अहिले भारत संसारमा कोरोना संक्रमण फैलिनेमा प्रथम स्थानमा रहेको छ । संक्रमितको हिसावले भने भारत तेस्रो स्थानमा छ ।

भारतकाे महाराष्ट्र कोरोना संक्रमणको केन्द्र बनेको छ । महाराष्ट्रमा मात्रै २४ घण्टामा ६३ हजार माथि संक्रमित थपिएका छन् ।भारतको दिल्ली, गुजरात, केरला, तामिलनाडु, कर्नाटकमा समेत संक्रमितको संख्या उच्च रहेको छ ।

भारतमा हालसम्म् कोरोना संक्रमितको संख्या १ करोड ३५ लाख २७ हजार ७१७ पुगेको छ । संक्रमितमध्ये १ करोड २१ लाख ५६ हजार ५२९ जना निको भइसकेका छन् । कुल संक्रमित मध्ये १ लाख ७० हजार १७९ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !