१३ बैशाख २०८१, बिहिबार

भारतमा २४ घण्टामा १ लाख ६१ हजार जनामा कोरोना संक्रमण पृष्टि, ८७९ जनाको मृत्यु

प्रकाशित मिति :  13 April, 2021 10:55 am


तस्वीर : सामाजिक संजाल

काठमाडाैं । छिमेकी देश भारतमा काेराेना संक्रमणदर बढ्दै गएकाे छ ।  पछिल्लो २४ घण्टामा १ लाख ६१ हजार जनामा कोरोना संक्रमण पृष्टि भएको छ । संक्रमणबाट १ दिनमा ८७९ जनाको मूत्यु भएकाे छ ।

भारतमा सोमबार मात्रै १ लाख ६८ हजार संक्रमित भेटिएका थिए । साेमबारकाे तुलनामा मंगलबार ७ हजारभन्दा कम संक्रमित भेटिएकाे हुन । भारतको महाराष्ट्र, दिल्ली, छत्तीसगढ़, पंजाब, गुजरात, चंडीगढ, केरलामा कोरोनाको संक्रमणदर बढ्दै गएको छ ।

भारतमा हालसम्म कोरोना संक्रमितको संख्या १ करोड ३६ लाख ८९ हजार ४५३ पुगेको छ । १ करोड २२ लाख ५३ हजार ६९७ जना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट १ लाख ७१ हजार ५८ जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !