१४ बैशाख २०८१, शुक्रबार

वीरगंजमा एकजना कोरोना संक्रमितको मृत्यु

प्रकाशित मिति :  13 April, 2021 12:03 pm


वीरगंज । वीरगंजमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराका एकजना कोरोना संक्रमितको वीरगञ्जमा मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचारको क्रममा जीतपुर सिमरा उपमहानगरपालिका ९ का ३७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ । उनको आज विहान साढे ३ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।

भारतको हैदरावादबाट होली पर्व मनाउन चैत १४ गते उनी घर फर्किएका थिए । स्वास्थ्यमा समस्या आएपछि चैत २६ गते उनलाई अस्पताल भर्ना गरिएको थियो ।

 



प्रतिक्रिया दिनुहोस !