१८ बैशाख २०८१, मंगलबार

वीरगन्जमा कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति :  18 April, 2021 2:55 pm


काठमाडौं । वीरगन्जमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा आइतबार दिउँसो वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवाकी ५१ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।

नारायणी अस्पतालमा शनिबार दिउँसो भर्ना भएकी ती महिलाको उपचारका क्रममा आइतबार दिउँसो साढे १ बजे मृत्यु भएको हो ।

ज्वरो , खोकी र निमोनियाको समस्या भएपछि शनिबार उपचारका लागि गण्डक अस्पतालमा पुगेकी ती महिलाको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि शनिबार नै दिउँसो नारायणी अस्पताल भर्ना गरिएको थियो ।

त्यही उपचारका क्रममा उनको आइतबार दिउँसो मृत्यु भएको नारायणी अस्पतालले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !