२१ बैशाख २०८१, शुक्रबार

बिर्सिनुहोला है !आजदेखि अरुण भ्यालीको हकप्रद सेयर बिक्री खुला

प्रकाशित मिति :  19 April, 2021 1:43 pm


काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनील लिमिटेडको हक प्रद सेयर आजदेखि बिक्री खुला भएको छ ।

कम्पनीले ५० प्रतिशत हकप्रद सेयर आज (वैशाख ६ गतेदेखी) निष्काशन तथा बिक्री खुला गरेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

कम्पनीले १ बराबर शून्य दशमलव ५ को अनुपातमा प्रतिसेयर १०० रुपैयाँ अंकित दरको ५२ करोड ४१ लाख १९ हजार ७ सय रुपैयाँ बराबरको ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले हालको चुक्तापुँजी १ अर्ब ४ करोड ८२ लाख ३९ हजार ४०० रुपैयाँको ५० प्रतिशत अर्थात १ः०.५ प्रतिशतको अनुपातमा हकप्रद सेयर निष्कासन गरेको हो ।

कम्पनीले उक्त हकप्रद निष्कासनको अनुमति माग्दै गत असोज २१ गते नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन पेश गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !