२२ बैशाख २०८१, शनिबार

साताको कारोबारको अन्तिम दिन दोहोरो अंकले उकालो लाग्यो नेप्से

प्रकाशित मिति :  22 April, 2021 4:16 pm


काठमाडौं । केही दिनयता लगातार ओरालो लागेको सेयरबजार कारोबारको अन्तिम दिन भने दोहोरो अंकले उकालो लागेको छ । बिहीबार कारोबार खुलेसँगै उतारचढाव आए बजारमा कारोबार बन्द हुने बेलामा भने १५.८० अंकले बढेर २६४८ अंकमा पुगेर रोकिएको छ ।

त्यस्तै आज सेन्सेटिभ परिसूचक पनि ३.२१ अंकले बढेर ४७६ अंकमा पुगेको छ ।आज नेप्सेमा १३ उपसमूहमध्ये ११ वटा समूहको सेयरमूल्य बढेको छ भने बाँकि २ समूहको सेयर घटेको छ ।

आज निर्जीवन बीमा समूह सर्वाधिक ११४.९ अंकले उकालो लागेको छ । जीवन बीमा समूह ११४.०६ अंकले बढेको आज बैंकिङ समूह ९.२२ अंक, व्यापार समूह ११.१२ अंक, विकास बैंक समूह ३८.१७ अंक, जलविद्युत् समूह ४.९८ अंक, वित्त समूह १.४१ अंक, उत्पादन तथा प्रशोधन समूह ४७.२८ अंक, अन्य समूह २१.३१ अंक, लघुवित्त समूह ५३.१९ अंक र लगानी समूहमा ०.१७ अंकले बढेको छ ।

आज होटेल तथा पर्यटन समूह ५२.९२ अंकले घटेको छ त्यस्तै म्युचुअल फन्ड समूह पनि ०.०६ अंकले घटेको छ ।

आज नेपाल कमर्स एण्ड क्रेडिट बैंकले सर्वाधिक कारोबार गरेको छ । बैंकले ६२ करोड २७ लाख ७९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

नेप्सेमा आज कूल २१४ वटा कम्पनीको एक करोड ३० लाख ३२ हजार ८२३ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ९१ करोड ५१ लाख ३९ हजार ८८८ रुपैयाँ बराबरको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !