४ जेष्ठ २०८१, शुक्रबार

विश्व हवाई सेवा क्षेत्रलाई यो वर्ष ४८ अर्ब डलर घाटा लाग्ने

प्रकाशित मिति :  22 April, 2021 4:23 pm


काठमाडौ । कोरोनाभाइरस वैश्विक महामारीले विश्व हवाई सोवा क्षेत्रलाई यो वर्ष ४८ अर्ब अमेरिकी डलर बराबरको घाटा हुन सक्ने अन्तर्राष्ट्रिय हवाई यातायात संघ(आईएटीए)ले जनाएको छ ।

बुधबार सार्वजनिक गरिएको नयाँ डेटाका अनुसार यसअघि अपेक्षा गरिएको भन्दा २५ प्रतिशत जति थप खराब हुने देखिएको छ । यसअघि यो घाटा पूर्वानुमान ३८ अर्ब अमेरिकी डलर बराबर हुने गरिएको छ ।

कोरोनाको संकट गहिरिनु भनेको यो घाटा थप बढ्दै जानु भएको अन्तर्राष्ट्रिय हवाई यातायात संघका महानिर्देशक विली वाल्सले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सरकारहरूले लगाएको उडान बन्देजहरूले यो सेवाको अन्तर्राष्ट्रिय स्तरको मागलाई असर गरेको सो संघले जनाएको छ ।

अन्तर्राष्ट्रिय हवाई क्षेत्रको वैश्विक यातायात यो वर्ष यो संकट आउनुको स्तरको ४३ प्रतिशत मात्र हुने देखिएको छ ।

अमेरिकाको विदेश मन्त्रालयले विश्वका ८० प्रतिशत देशमा कोरोनाका कारण भ्रमण नगर्न जारी गरेको सूचनाबाट अन्तर्राष्ट्रिय हवाई यातायातलाई क्षति पु¥याउने भएको छ ।



प्रतिक्रिया दिनुहोस !